वान प्लसले भित्र्यायो तीनवटा नयाँ मोडल

वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त रुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।
नेपालमा पहिलो पटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा गर्ने, गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर बनाइएको छ । यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ । यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रोम र ५१२ जीबी र्यामको सुविधा राखिएको छ । ५४०० एमएचक्षमताको ब्याट्रि भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायमगरिएको नेपालवितरकले जनाएको छ ।
यस्तै टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ । टुवेल्भभन्दा मूल्यमा सस्तो भएपनि यसले १।५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ । ५५०० एमएएचको ब्याट्रि क्षमता रहेको यो फोनको आठौं जेनेरेसन २ स्न्यापड्रागन प्रोसेसर जडान गरिएको छ ।
बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो । २६ हजार नौ सय ९९ बजार मूल्य रहेको यो फोनमाअत्याधुनिकप्रविधि जडान गरिएको छ । स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्रि जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close