सुर्खेतमा खीष्ट्मस कार्यक्रम हुने सबै बिस्वासिको सहयोग र सह्भागिताको अपेक्षा

डिसम्बर २५ का दिन विश्वव्यापी रूपमा ख्रीष्टमस अर्थात् प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउने गरिन्छ। सधै खीष्टमस पुस १० मा मनाइने भए पनि यस वर्ष नेपालमा पुस ९ गते मनाइने छ । सुर्खेतमा सदा झै यस बर्ष पनि बिरेन्द्रनगर परिक्रमा गरि येशुको जन्मोत्सव मनाउने तयारी गरेको छ । सुर्खेत इसाइ समाजको अध्यक्ष  बरिस्ट पास्टर /रेभ.पदम गैरेले सुर्खेतको सबै मण्डली  र खीष्टियन संघ संस्थालाई  सहयोगको लागि अनुरोध गर्नु भएकोछ ।

गतवर्ष को झलक

इसाई समुदायको लागि खीष्टमस एक विशेष समय हो । जहाँ येशुको जन्मको बारेमा बिशेष महत्व दिइन्छ । साथै आफ्नो परिवार ,साथीहरू र छिमेकीहरुलाई सुसमाचार बताउने अबसर पनि हो।

प्रभु येशूमा व्यक्तिगतरुपमा विश्वास नगर्ने व्यक्ति वा समुदायले पनि उत्तिकै उत्साहका साथ ख्रीष्टमस जाने र नजानेर  मनाइ रहेका देखिन्छन्। पश्चिमी देशहरुमा त अक्टूबर महीना देखिनै ख्रीष्टमसको चहलपहल आरम्भ भैसकेको हुन्छ। मूख्य व्यापारिक केन्द्रहरु विशेष किसीमले सजाइएका हुन्छन् र स्कूल कलेजहरूमा लामो बिदा दिइएको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close