विद्यालयमा दिवा खाजा, ६ हजार बालबालिका लाभान्वित

सुर्खेत,१० माघ । पञ्चपुरी नगरपालिकाका ५३ वटा विद्यालयले विद्यालयमा अध्ययनरत बालबालिकालाई ‘दिवा खाजा’ खुवाउन थालेका छन् । बालविकासदेखि कक्षा ५ सम्म (प्राथमिक तह) का बालबालिकालाई विद्यालयमंै अर्गानिक दिवा खाजा बनाएर खुवाउन थालेका हुन् । उक्त कार्यक्रमबाट नगरभित्र रहेका ५३ सामुदायिक विद्यालयका प्राथमिक तह र बालविकासमा अध्ययनरत करिब ६ हजार जना बालबालिका लाभान्वित हुने भएका छन् ।

नेपाल सरकारले प्रत्येक विद्यार्थी बराबर १५ रुपैयाँका दरले दैनिक खाजा बाफतको उपलब्ध गराउादै आएको रकमले खाजा खुवाउने गरेको विद्याज्योती माध्यामिक विद्यालय पञ्चपुरी—५ का प्रध्यानाध्यापक कृष्ण प्रसाद सापकोटाले बताए । ‘नेपाल सरकारबाट विद्यार्थीलाई खाजा बाफतको रकमले विद्यालयमा दिवा खाजा खुवाउन सुरु गरेका छौं,’ प्रध्यानाध्यापक सापकोटाले भने, ‘पहिला विद्यालयमा नआउने विद्यार्थीहरु यो कार्यक्रम सुरु गरेपछि नियमित विद्यालय आउन थालेका छन्, पढ्न आउने विद्यार्थीको आर्कषण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।’ भर्ना भएर पनि विद्यालय आउन नमान्ने बालबालिका अहिले नियमित विद्यालयमा आएर अध्ययन गर्न थालेका छन् । विद्यालयले बालबालिकाको इच्छा अनुसार प्रत्येक दिन फरक—फरक खाजा खुवाउने गरेको विद्यालयले जनाएको छ । पहिले विद्यार्थी नआएर खाली कक्षाकोठा अहिले भरीभराउ हुने गरेका छन् । विद्याज्योतीमा मात्र दैनिक दुई सय १० जना भन्दा बढी बालबालिकाले दिवा खाजा खाइरहेको प्रध्यानाध्यापक सापकोटाको भनाई छ । विद्यालयले बिद्यालयमा कार्यरत कर्मचारीलाई दैनिक खाजा बनाउने जिम्मा दिएको छ । विद्यालयका शिक्षकहरुले दैनिक खाजाको गुणस्तर, सरसफाइ, परिमाणको बारेमा अनुगमन गर्ने र विद्यार्थीलाई खाजा खुवाउन सहजिकरण गर्ने गरेका छन । यस्तै पञ्चपुरी—२ पलैटे स्थित सुर्य प्रकाश माध्यमिक विद्यालयले पनि हप्ताभरी खुवाउने खाजाको तालिका बनाएर होटेलमा दिने र अनुगमन समिति मार्फत खाजाको प्रभावकारिता बारे चेकजाँच गर्ने गरेको विद्यालयका प्रधानाध्यापक गणेश कुमार ढकालले जानकारी दिए ।

बालबालिकाको इच्छा अनुसार विद्यालयमा खाजा खुवाउन थालेपछि आðना बालबालिका विद्यालय जान खुसी भएको पञ्चपुरी—६ का लोक बहादुर रोकायले बताए । खाजा बाफत अभिभावकलाई नगद दिँदा विद्यार्थीसम्म नपुगेर दुरुपयोग हुने गरेका कारण विद्यालयले आफंै खाजा बनाएर खुवाउने ब्यवस्था प्रभावकारी रहेको पञ्चपुरी नगर शिक्षा शाखा प्रमुख तुलसी केसीले बताइन् । ‘नगरपालिकाले प्राथमिक तहसम्मका विद्यालयमा टिफिन बक्स, झोला, ड्रेस र स्टेसनरी समेत दिने गरेको छ,’ प्रमुख केसीले भनिन्, ‘यी कार्यक्रमहरु उपयोगी भए÷नभएको बारे नगर शिक्षाले पनि निरन्तर अनुगमन गर्ने गरेको छ ।’ विद्यालयले खाजा खुवाएको हाजिरी नगरपालिकामा बुझाएपछि चौमासिक रुपमा रकम भुक्तानी पाउने गरेका छन् । विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वास्थ्य भई शिक्षण सिकाइमा सक्रिय भएर भाग लिन सक्छन् भन्ने उद्देश्यले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close