रोजि इङल्याण्डबाट दौडेर नेपाल आउँदैछिन्,भुकम्प पीडितलाई सहयोग गर्न

इस्तानबुल। बेलायतकी ७३ वर्षकी महिला रोजी स्वेल पोप इङल्याण्डबाट दौडेर नेपाल आउँदैछिन् । उनले यस क्रममा च्यारिटीबाट रकम संकलन गरी नेपालका भूकम्पपीडितलाई सहयोग गर्नेछिन् ।

उनी आइतबार टर्कीको इस्तानबुल आइपुगिन् । रोजीका अनुसार उनले २०१८ मा ‘रन रोजी रन’ अभियानअन्तर्गत संसारभर दौडिन सुरु गरेकी हुन् । अहिलेसम्म उनले १२ देश पार गरिसकेकी छिन् ।

रोजीले भनिन् ‘मलाई कहिल्यै थाहा हुँदैन कि म कुन रात कहाँ सुत्छु । म मैदानमा सुत्छु । कहिलेकार्ही गल्लीमा सुत्छु । बिहान उठ्छु अनि दौडिन सुरु गर्छु । म ती मानिसहरुसँग भेट्छु जोसँग मैले फेरि कहिल्यै भेट्न पाउने छैन ।

रोजीको अर्को स्टप जर्जिया हुनेछ । उनी हरेक दिन करिब २० किलोमिटर दौडिन्छिन् र मानिसहरुसँग सहयोग माग्छिन् । उनी कम्मरमा एउटा ट्रली बाँधेर दौडिन्छिन् । यसमा उनका दैनिक आवश्यकताका सामान हुन्छन् ।

रोजी आफ्नो परिचय सामान्य ज्येष्ठ नागरिकको रुपमा दिन्छिन् । तर उनले पुरै संसारसँग सम्बन्ध बनाएकी छिन् । आफ्नो सफरलाई लिएर रोजी भन्छिन् ‘यो जिन्दगीलाई केही धेरै दिने तरिका हो ।

किनकि तपाइँ संसारमा आउने र यसबाट बाहिर जाने प्रतिक्षा गनुहुन्न । रोजीको पहिचान संसारका सबैभन्दा लामो दूरीका एकल धावकमा पनि छ । उनी २००४ मा च्यारिटीको लागि पैसा जुटाउनका लागि संसारभर दौडिएकी थिइन् । २०१५ मा उनी पूरै अमेरिकाभरी दौडिइसकेकी छिन् ।

यतिमात्र होइन उनले १७ फिटको डुंगामा बेलायतदेखि अमेरिकासम्म समेत गएकी थिइन् । उनले आफ्ना दिवंगत पति क्लाइभको सम्मानमा न्यूयोर्कदेखि न फ्रान्स्किोसम्म दौडिइसकेकी छिन् । क्लाइभको निधन प्रोस्टेट क्यान्सरका कारण भइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close