नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको दोस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादीले जनाएको छ । आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।
बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाको जानकारी गराउनु भएको थिए । साथै बैठकमा उहाँले फेरिएको राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनबारे सुझाव दिन स्थायी कमिटी सदस्यहरुलाई आग्रह गर्नु भएको थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close