सुर्खेत,९ माघ । आन्दोलनरत नेकपाका अध्यक्ष माधव कुमार नेपालले काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भड्खालोमा हालेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले म पाईं गर्ने कपीले देशलाई बर्वाद गर्न तर्फ लागेको बताए ।
‘ओलीलाई देशको चिन्ता छैन्, संविधानको चिन्ता छैन,’ उनले भने, जनताको चाहनामाथि कुठाराघात भएको छ, संविधान मिचिएको छ, यति मात्र होइन् उनले संविधानमाथि नैे ‘कू’ गरेका छन् ।’ नेता नेपालले विधिको शासन र संसार भरीको मान्यता अनुसार बहुमतको मान्यता हुने भएकोले नेकपाको आधिकारिकता आफूहरु नै भएको दाबी गरे । ‘हामी आधिकारीक हौं, दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी, स्थायी कमिटी हामीसँगै छ, लोकतान्त्रिक विधि र मानयतालाई नमान्ने काम चलाउ प्रधानमन्त्री ओलीलाई एक दुईदिनभित्र पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गर्दैछौं ।’ अध्यक्ष नेपालले संसद बिघटन सम्बन्धि विभिन्न देशका उदाहरणहरु दिँदै ओलीले गरेको असंवैधानिक कदमको पर्दाफाँस गरी संसद पुर्नबहाली हुनेमा कुनै दुईमत नरहेको उल्लेख गरे ।
उनले ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नु जस्तै भएको बताउँदै त्यस्ता व्यक्ति कम्युनिष्ट हुन नसुहाउने औंल्याए । साथै अध्यक्ष नेपालले ओलीको प्रगिमनका विरुद्ध र संविधानको पक्षमा लागेको प्रति खुसी व्यक्त गरे । ‘ओलीको प्रतिगमनका विरुद्धमा हिजो कर्णालीमा अपार जनप्रदर्शन भयो । कर्णाली जागेको छ, देश नै जाग्छ ।,’ उनले थपे, ‘जब देशमा अप्ठारो परिस्थिति आउँछ तब कर्णाली जाग्छ ।’