समाजसेवी विष्टले गरे भोका रहेका मजदुरलाई सहयोग

सुर्खेत, १ असार । समाजसेवी तथा तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले तीन दिनदेखि भोकै रहेका एक मजदुरलाई सहयोग गरेका छन् ।
कालीकोट सेरिघाटमा सडकको कालोपत्रेको काम गर्दै आएका बर्दिया गुलरिया नगरपालिका बब्लु पठानलाई विष्टले खाद्यान्न र यातायात भाडा सहयोग गरेका हुन् ।
बिगत पाँच महिनादेखि सडकको काम गर्दै आएका बब्लुलाई ठेकेदारले ठगेपछि समस्या भएको थियो । कालिकोटबाट आएदेखि तीनदिनसम्म वीरेन्द्रनगरमा भोकै रहेको खबर विष्टले सुनेपछि खाद्यान्न र यातायात दिएर बर्दिया पठाएका छन् । दुई बालबालिका र श्रीमतीसहित काम गर्न कालिकोट गएका उनले विष्टको सहयोग कहिल्यै नभुल्ने बताए ।
विष्टले कोरोना महामारीको बेला समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close