भारतमा एकै दिन ५२ हजारलाई कोरोना संक्रमण, मृत्तकको संख्या ३५ हजार नाघ्यो

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणको दर दिनदिनै भयावह रुपमा बढ्न थालेको छ । संक्रमण बढेसँगै मृत्युदर पनि उसैगरी बढिरहेको छ ।

भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७७९ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ३५ हजार तीन पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार दुई सय ४९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ ।

गएको २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार तीन सय ६६ जना नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा एकै दिन ७० हजार आठ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी अमेरिकामा ७१ हजार ६ सय नौ, दक्षिण अफ्रिकामा ११ हजार तीन सय ६२, कोलम्बियामा आठ हजार र मेक्सिकोमा सात हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ६ सय २६ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

सबैभन्दा धेरै ब्राजिलमा १५ सय ५४ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने अमेरिकामा झण्डै १३ सय, मेक्सिकोमा आठ सय ५४, कोलम्बियामा तीन सय ८० जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close