ट्रयाक खोलिएको २५ वर्षसम्म पनि बड्डीचौर–बेनिघाट सडकको अवस्था उस्तै

कमल कुमार न्यौपाने
माघ १३, सुर्खेत
सुर्खेतको पश्चिम बराहताल गाउँपालिकाको बड्डीचौरदेखि बेनीघाट सडकखण्डको ९४ किलोमिटर सडकको २५ वर्ष सम्म पनि सडक स्तोरन्रति हुन नसकेपछि अहिले सुर्खेत पश्चिमा का जनताले सधै जसो दुख पाउने गरेको छन् । बड्डीचौरलाइ देखि बेनीघाट सम्मको सडकलाइ मदन भण्डारी राजर्मागको रुपममा अगाडि बढाएइने भन्दै २ बर्ष अगाडि तामझामका साथ सडकको डिपिआरको काम थालिएको थियो ।

२०५० सालमा सडकको ट्रयाक खोलिएको थियो । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्ला भित्र नै यस्ता सडकहरु रहेका छन । कर्णाली र सुदुरपश्चिम जोड्ने यो सडक बर्षातको समयकमा हिल्लामे तथा हिउँदको समयमा धुल्लामे हुने गरेको छ । सदरमुकाम वीरेन्द्रनगरबाट पश्चिमा रहेको यो सडकबाट बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउपालिका हुदै सुदुर पश्चिमको डोटी जिल्ला सम्म पुग्ने मार्गको रुपमा लिइने गरिइको छ । ट्रयाक खोलिएपछि पनि सडक बनाउने भन्दै बिभिन्न दलबाट राजनिती गदै आएका नेताले चुनाबको समयमा यहि सडकलाइ मुख्य भाषणको रुपमा बोलेको भए पनि अहिले सम्म सडकको स्थिती भने जस्ताको तेस्तै नै छ ।

ट्रयाक खुलेको लामो समय सम्म पनि सडक नबन्दा स्थानियहरु निकै चिन्तित बनेका थिए । २ बर्ष अगाडि नेपालको पुर्व झापा हुदै पश्चिमको डडेलधुरा सम्म जोड्ने मदन भण्डारी राजर्मागको रुपमा यहि सडकलाइ बिस्तार गरिने भन्दै सरकारले घोषण गरेपछि केहि समय स्थानियको अनुहार खुसी छाएको थियो । तर समय विस्तारै विस्दै गएपछि अहिले सडकको स्थिती झन खस्कैदै गएको छ । दैनिक हजारौ सवार हुने यात्रुहरुले उक्त सडककका कारण सास्ती भोग्दै आएका छन् ।

सडक कालोपत्र हुने भन्दै धेरै पटक जनतााको आशमा उपल्लो निकायले गल्ती गरेको स्थानियले बताउदै आएका छन् । नेताले राजनिती कुरामा जे पनि गर्ने गरेका छन् । नेताहरुले सडक बनाउने भन्दै चुनाब जित्ने गए पनि अहिले सम्म सडकको स्तोरन्रति हुन नसक्दा आफुहरुलाई सधै जसो यात्रा गर्दा सकस हुने गरेको बताउदै आएका छन् ।

सडक सञ्जालले जोडिएको पश्चिममा पर्याप्त बजार नहुँदा यहाँको उत्पादन खेर गइरहेको छ । सडक समयमा बने गाउँ घरमा उत्पादन भएका बस्तुलाइ सहजै बजारीकरण गर्न सकिने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close